बेलडाँडीमा फुटबल शुरु, शिद्धेश्वरी जयपृथ्वी युवा क्लबको विजय शुरुवात

कञ्चनपुर,

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. १ मा रहेको अलस्टार युवा क्लवले सुदूर पश्चिमेलीहरुको महान पर्व गौंराको अवसर पारेर आज सोमवार खेलको उद्घाटन गरेको छ ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धन बहादुर थापाले खेलकुदमा आफ्नो सधै साथ रहने बताउदै बेलडाँडी बाट राम्रो खेलाडी उत्पादन गर्नमा आफ्नो जोड रहेने बताउनु भयो ।


उदघाटन कार्यक्रममा विशिष्ट अतिथि रहनु भएकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमला कार्कीले बेलडाँडी देखि राष्ट्रिय स्तरको खेलाडी जन्माउन गाउँपालिका तयार रहेको बताइन ।
सो वडाका वडा अध्यक्ष अम्मर बहादुर खत्रीले यो कार्यक्रम आयोजना गर्ने क्लवलाई आज धन्यवाद नदिने कार्यक्रम अति राम्रो तरिकाले सम्पन्न गरे धन्यवाद दिने बताउदै आजै यस क्लबलाई १ लाख बराबरको खेलकुद सामग्री समेत हस्तान्त्रण गराएका छन् । खेलडाँडी लाई खेल खेल्न हौसला दिन वडाबाट सो सहयोग गरेको जनाइएको छ । उहाँले भन्नु भयो यो निकुञ्ज किनारको फिल्ड यस क्लवलाई हस्तान्त्रण गर्नको लागि पहल गरेको समेत जानकारी गराए ।


२ नं. का वडा अध्यक्ष प्रेमराज खातीले भने स्थानीय विकासका काममा जनप्रतिनिधी बाट अनजानमा गल्ती भएको हुन सक्ने बताउदै यहाँका नागरिकहरुले खवदारी गरे सुर्धाने धारण राख्न भयो । सबै जनप्रतिनिधी पनि एकै नभएको बताउदै जनप्रतिनिधी भन्ने बेला आफुहरुलाई दुःखलाग्ने गरेको जनाए ।

बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दान बहादुर रोकायाले भने खेलाडीमा सबैभन्दा पहिला अनुशासन हुनुपर्नेमा जोडदिए । यहाँ खेलमा ब्याक्ति ब्याक्तिको मुल्याङ्कन गरिने जानकारी गराउनु भयो । उहाँले थपे खेलाडीको मुख्य गण भनेको अनुशासन भएको भन्दै सबैलाई अनुशासित भएर खेलखेल्न अनुरोध गर्नु भयो ।

बेलडाँडीका स्थानीय मिन बहादुर शाहले भन्नु भयो खेलकुदमा मात्र युवा सिमित नभएर स्थानीय विकासमा समेत युवाको महत्वपुर्ण भुमिका रहने जानकारी गराउनु भयो । जनप्रतिनिधीले जनताले चाहे अनुरुपका काम गर्न नसकेको भन्दै आफुहरुको टिमलाई सिर्फ ९० दिनको समय दिनुस बेलडाँडीलाई समृद्ध बेलडाँडी बनाएर देखाइदिने चेतावनी दिनु भयो । उहाँले थप्नु भयो या तपाइहरु आफु बन्नुस या हामीलाइ बनाइदिनुस भन्दै जनप्रतिनिधीलाई इङ्केत गर्नु भयो ।

कञ्चन सामुदायिक विकास केन्द्रकी सहजकर्ता गिता रानाक्षेत्रीले भने स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदलाई भन्ने नारालाई बेलडाँडी देखि ब्यावहारमा उर्तानु पर्नेमा जोड दिए । खेलाडीहरुलाई शुभकामना दिदै आफुहरुबाट बेलडाँडी समृद्ध पार्नका लागि बेलडाँडीलाई सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमका सभापती तथा अलस्टार युवा क्लवका अध्यक्ष चेत बहादुर शाहका अनुसार सम्पुर्ण खेलडाँडीहरुलाई स्वागत गर्दै सबै प्रति आपभार ब्यक्त गरेका थिए । उहाँका अनुसार आज भएको पहिलो उदघाटन खेल एकता युवा क्लब र शिद्धेश्वरी जयपृथ्वी युवा क्लब बिच भएको थियो ।

उक्त खेलमा ० का विरुद्ध ३ गोलले सिद्धेश्वरी जयपृथ्वी युवा क्लब शिवनगर बिजय भएको छ । भने भोलीको पहिलो खेल विहान ८ बजे सिद्धचोक ब्वाइज युवा क्लव र हिमसागर युवा समाज विच हुने छ । दोस्रो खेल १० बजे देवीदल मजगाउँ र बैजनाथ बाहिनी बिच हुने छ भने भोलीको अन्तीम खेल ३ बजे दोधारा ब्वाइज क्लब र दिपेन्द्र सामुदायिक बन बङ्क विच हनुे आयोजकले जनाएको छ ।
उक्त आयोजनामा १७ टिम सहभागी भएका छन् भने खेल समापन ८ गते २ बजे फाइनल खेल खेलाइने आयोजकले जनाएको छ ।
खेलको प्रथम पुरस्कार ४० हजार नगद र ट्रफी, प्रमाण पत्र, दोस्रो पुरस्कार २५ हजार नगद र ट्राफी, प्रमाण पत्र र तेस्रो हुने टिमलाई सान्तोना पुरस्कार दिने आयोजकले जनाएको छ । उक्त कार्यक्रको संचालन लोक बहादुर बलायरले गर्नु भएको थियो भने स्वागत मनतब्य युवा भीम जोशीले राखेका थिए ।

सो अवसरमा यस क्लवले विगत बर्षहरुबाट खेल संचालन गर्दै आएको जनाइएको छ । गौरा मेलाहेर्ने श्रदालुहरुले खेलको भरपुर्ण फाइदा लिनुका साथै बेलडाँडी, बेलौरी, चानदेव, लगायतका खेलप्रेमीहरुले मनोरन्जन लिन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *