बेलडाँडीमा बृहत सांस्कृतिक महोत्सव शुरु

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चमा आज देखि ३ दिनका लागि महाशिवरात्री मेलाको अवसरमा बेलडाँडी सांस्कृतिक मेला शुरु भएको छ ।

चवन्नी वजार व्यवस्थापन समितिको आयोजना र प्रिंयका फर्निचर उद्योगको प्रायोजकमा शुरुभएको महोत्सवको पहिलो दिनमा स्थानीय कलाकार, विद्यार्थी भाई बहिनीहरुको प्रस्तुती रहेको थियो ।

पर्यटन बर्ष २०२० लाई टेवा पुग्ने गरि र स्थानीय कलाकारहरुको कलालाई माथी उकास्नका लागि मेला अयोजना गर्न लागेको बजार व्यवस्थापन समितिका अध्यक्ष प्रकाश उर्यालले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

मेलालाई आक्रसित बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने जनाउनु भयो । उहाँका अनुसार भोलीका दिन सुदूरपश्चिमकी चर्चित देउडा गायिका पवित्रा भण्डारी लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने र १० गतेका दिन धौलीकोले ब्या भइग्यो लोकप्रिय कलाकार चेतन बोहरा लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताउनु भयो । साथै थारु नाच, सखिया नाच, देउडा, विभिन्न विद्यालयको प्रस्तुति रहने समेत जनाइएको छ ।

कार्यक्रमको उदघाटन बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीले उदघाटन गर्दै भने यो चवन्नी वजारको खुल्ला मञ्चलाई बनाउन सबैले साथ दिए बन्ने बचन दिनु भयो । उहाँका अनुसार एक्लैले चाहेर बिकास नहुने भन्दै सबैले हातेमालो गरे समृद्ध तिर जान सकिने बताउनु भयो ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक कमला देवी कार्कीले भने यहाँ यो बजार समितिले आयोजना गर्न लागेको मेला सबै महिलाका लागि राम्रो भएको बताए । टाढा टाढा गएर मेला हेर्ने खर्चले धेरै कुरा गर्न सकिने बताउनु भयो । अझै आगामी दिनमा यस्ता कार्यक्रमलाई सफल पार्न आफुहरुले सहयोग गर्ने बताउनु भयो ।

मेलामा अधिकांस बक्ताले शुभकामना दिएका थिए । कार्यक्रम भोली झिन आक्रसित हुने आयोजकले जनाएको छ ।

चवन्नी वजार ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश उर्यालको अध्यक्षतामा शुरुभएको महोत्सवमा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री प्रमुख अतिथि रहेका थिए भने चवन्नी वजार व्यवस्थापन समितिका उपाध्यक्ष गणेश महर बिष्टले स्वागत मनतब्य, समितिका कोषाध्यक्ष नरेश शाहुले कार्यक्रमको संचालन गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *