बेलौरी उद्योग वाणिज्य संघको निर्वाचन नेकपा र काँग्रेस प्यानल चुनावी मैदानमा, केही बेरमा मत गणना

बेलौरी उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ ।

आतबार संघको दोस्रो कार्यकारणी समिति चयनका लागि सम्पन्न भएको मतदान सम्पन्न भएको हो । कुल ९सय ५२ मतदाता मध्ये ८३३ले मतदान गरेका छन् । कुल ८७.५प्रतिशत मत खसेको छ ।

उद्योग तर्फ ३१६ र वाणिज्य तर्फ ६सय १६मत खसेको मतदान अधिकृतको कार्यालयले जनाएको छ । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि सत्ताधारी (नेकपा) र प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसको प्यानल चुनावी मैदानमा उत्रेका छन् । वाणिज्य संघ बेलौरीको नयाँ नेतृत्वको लागि नेकपा र काँग्रेस दुई प्यानल चुनावी मैदानमा उत्रेका हुन । बेलौरी नगरपालिका क्षेत्रका व्यवसायी संघको निर्वाचनमा दलगत रुपमा विभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।

(नेकपा) र काँग्रेस दुवै प्यानलबाट संघको अध्यक्षका लागि दुवै पुरानै अनुहार देखिएका छन् । विवेकसिल साझा पार्टीका नेता समेत रहेका बेलौरी उद्योग वाणिज्य संघका निर्वतनमा अध्यक्ष लक्ष्मी नारायण चौधरी काँग्रेस प्यानलबाट पुन संघको अध्यक्षका लागि चुनावी मैदामा आएका छन् । भने, संघका पुर्व अध्यक्ष टेक बहादुर साउद पनि फेरी संघकै अध्यक्षका लागि पुनः चुनावी मैदामा उत्रेका हुन् ।

दुवै प्यानलले बिहीबार उम्मेदवार दर्ता गराएर चुनावी मैदामा उत्रेका छन् । १५ पदका लागि दुवै प्यानलका ३० र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत लक्ष्मण प्रशाद खरेलले ७ पदाधिकारी, ८ सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएको बताए । उनका अनुसार अध्यक्षमा टेक बहादुर साउद र लक्ष्मी नारायण सहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

निर्धारित समयमै मतदान सकिएको थियो । बरिष्ठ उपाध्यक्षमा नेकपाको प्यानलबाट हिरासिह विष्ट, काँग्रेस प्यानलबाट प्रकास राज पन्त, उद्योग उपाध्यक्षमा काँग्रेस प्यानलबाट जनक बहादुर चौधरी, नेकपाका प्यानलबाट विजयालक्ष्मी श्रेष्ठ र स्वतन्त्र उम्मेदवार खडक शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

वाणिज्य उपाध्यक्षमा नेकपा प्यानलबाट जलबिर चौधरी, काँग्रेसका प्यानलबाट रघुबिर भण्डारी, महासचिवमा काँग्रेसका प्यानलबाट दुराले राना, नेकपा प्यानलबाट शिवराज कडेल, सचिवमा नेकपा प्यानलबाट रिता चौधरी, काँग्रेस प्यानलबाट चन्द्रकला चन्द र कोषाध्यक्षमा काँग्रेस प्यानलबाट राज बहादुर चौधरी र नेकपा प्यानलबाट अमित भट्टलाई चुनावी मैदानमा उत्रेका हुन् ।

नेकपा प्यानलबाट सदस्यमा बिक्रम चौधरी, हिलेन्द्र राना, हरि प्रशाद कडेल, राम किसन राना, महेन्द्र बुडाल, टेक ब. शाही, जोगराम चौधरी, धनराज सुवेदी(लच्छु)ले उम्मेदवारी दर्ता गराएका छन् । भने काँग्रेस प्यानलका तर्फबाट चेपुराम चौधरी, अच्युत प्रशाद थपलिया, बसन्त पुन मगर, केशव शाही, बुद्धिराम चौधरी, महेशराज जोशी, रमेश चौधरी र धनीराम राना उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रेका थिए । कसले मार्ला बाजी भनेर व्यवसायीमा अन्यौता छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *