काँग्रेसको बेलडाँडीमा शुभकामना आदान प्रदान

बेलडाँडी,
नेपाली काँग्रेसले बेलडाँडीमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

काँग्रेस बेलडाँडी गाँउपालिका समितिले दशौँ, तिहार एव छठको अवसरमा शुभकामना आदान प्रदान गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा काँग्रेस नेताहरुले सुख, सम्बृद्धि एव भ्रष्टाचार रहित विकासको कामना गरेका छन् ।

काँग्रेस नेताहरुले विकासमा जोडदिएका थिए । नेपाली काँग्रेस बेलडाँडीका सभापति हर्कदेव जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पुर्व संविधान सभा सदस्य एव काँग्रेस नेता दिवान सिह विष्ट प्रमुख अतिथि रहेका थिए, कार्यक्रममा नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता जनक सिह धामी, गोपाल गुरुङ्ग, गोपी उपाध्याय लगायतको सहभागिता रहेको काँग्रेस नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *