बेलडाँडी क्रिकेटको सनिवार समापन हुने, उपाधीका लागि त्रिशुली र त्रिवेणी भिड्ने

बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा नं.५ अन्तरगत स्थानीय खेलकुद विकास समितिको आयोजनामा गत सनिवार देखि शुरु भएको क्रिकेट प्रतियोगिता आउदो सनिवार समापन हुने भएको छ ।

खेलाडीलाई खेल जगत बाट माथी उकास्नका लागि प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगितामा उपाधीका लागि त्रिशुली युवा समाज चवन्नी र त्रिवेणी युवा समाज भुडा विच सनिवार दिउसो १२ बजे खेल हुने भएको खेलकुद विकास समितिका संयोजक दिपक खडकाले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

प्रतियोगितामा पहिलो हुने टिमलाई २० हजार नगद, प्रमाण पत्र,म्याडल र दोस्रो हुने टिमलाई १५ हजार नगद, प्रमाण पत्र,म्याडल प्रदान गरिने आयोजकले जनाएको छ ।
सो प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । सेमिफाइनलमा ३ टिम पुगेका थिए भने आज गोलापर्था बाट सेमिफाइनल खेलको थियो । जसमध्ये त्रिशुली र बी फोर विच भएको खेलमा त्रिशुलीले १२ रनले जित हातपार्दै फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगिता बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाक्षेत्रीको हातबाट समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ । फाइनल खेल निकै रमाइलो हुने आयोजकको बताएको सम्पुर्णलाई खेलको आनन्द लिन आयोजकले चुलेनिम्तो समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *