बेलडाँडीमा मानवबेचविखन बिरुद्ध ¥याली

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी वडा नं.३ मा ७० औं प्रजातन्त्र दिवसको अवसरमा मानव बेचविन विरुद्धको ¥याली निकालीको छ ।
वडा स्तरीय मानव मानव बेचविखनर रोकथाम समितिको आयोजना र सिद्धनाथ माध्यमिक विद्यालयको सयुक्त अयोजनामा चेतना फैलाउनका लागि सो कार्य गरेको समतिका संयोजक तथा वडा अध्यक्ष दुर्गा प्रसाद चौधरीले बेलडाँडी पोष्टलाई जानकारी गराउनु भयो ।

उहाँका अनुसार यो वडा सिमा संग जोडिएका कारण यहाँका नागरिकलाई यस विषयमा सचेत गराउनका लागि यो भन्दा पहिला पनि यस्ता कार्यक्रम गर्दै गरेको बताए । यस कार्यक्रमले जनसमुदायमा सकारात्मक सोचको विकास हुने र दलाल बाट बच्चन सकिने हुनाले यस्ता कार्यक्रम गरिएको जनाए ।


यस कार्यक्रममा वडा सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थी, इलाका प्रहरी कार्यालयका प्रतिनिधी, बालबालिका तथा महिला शाखाका प्रतिनिधी, पत्रकार र स्थानीयको सहभागिता रहेको थियो ।

स्थानिय नागरिकहरुले यस्तो कार्यक्रमले आफुहरुलाई सचेत गराएको बताउदै यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *