सरकारले गरेको विकासको गति देखेर काँग्रेस अत्तालियो ः बाँस्कोटा

निर्मलाकाण्डमा जुन व्यक्तिमाथी सरकारले शंका ग¥यो, त्यही शकित व्यक्तिलाई केही व्यक्तिले डडेल्धुरा लुकाउँन लैजान्छन्

 

कञ्चनपुर,

सुचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले गरिरहेको विकासको गति देखेर काँग्रेस अत्तालिएको बताउनुभएको छ । बुधबार महेन्द्रनगरमा शुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकारको लोकप्रिय काम देखेर काँग्रेसलाई उकुसमुकुस भएर हरेक कामको बिरोध गर्ने बानी नै परेको बताए ।

मन्त्री बाँस्कोटाले सरकारले निर्मलाकाण्डका व्यक्तिमाथी शंका गर्दा कसै कसैले शंका गरिएका व्यक्तिलाई समात्नबाट जोगाउनका लागि लुकाउन डडेल्धुरा पु¥याउने गरेको बताए । मन्त्री बाँस्कोटालाई विकासको गति देखेर काँग्रेसले सरकारका हरेक कामको बिरोध गर्ने परिपार्टी बसेका केही व्यक्तिले सरकारले राम्रो गर्दा पनि बिरोध गरिरहेको बताए ।

 

सार्वभौमसत्तालाई धरापमा राखेर कुनैपनि मुलुकसंग सम्झौता गर्न नसकिने बताउनुभएको हो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले अमेरिकासंग गर्ने एमसीसीलाई समेत राष्ट्रलाई खतरा हुने गरि सम्झौता नगरिने बताए । मन्त्री बाँस्कोटाले एमसीसी आउने बताउदै, एमसीसी बारे भ्रम चिनुपर्ने बताए । ‘एमसीसी बारे समय लिएर नै मजाले अध्ययनन गर्नुपर्छ, ‘प्रवक्ता बाँस्कोटाले भने, ‘नेपालकै हितमा भएमात्रै लागु गछौँ ।’ एमसीसी ल्याउन संविधान संशोधन गर्न नपर्ने बताउदै उनले चिनसंगको बिआरआई र भारतसंग पनि विभिन्न परियोजना लागु गराउनका लागि सम्झौता गरिने बताए । मन्त्री बाँस्कोटाले दार्चुला स्थित नेपाली भूमि फिर्ताका लागि सरकारले दृढतापुर्वक पत्र लेखेको बताउदै उक्त समस्यालाई सरकारले राजनीतिक र कुटनीतिक ढङगबाट अघि बढाएको बताए ।

वर्तमान सरकारले फाँटेको टोपी र चप्पल लगाउने नागरिकमाथी समृद्धि गर्न चाहेको बताउदै उनले आम निमुखा जनताको जिवन परिर्वतनमा वर्तमान सरकारको लक्ष्य रहेको बताए । सरकार दिर्घकालिन योजना, दीगो विकास र समृद्धिको बाटो तर्फ उन्मुख भएका बेला काँग्रेस लगायतका केही पार्टीहरुले सरकारको हचुवाको भरमा मात्रै बिरोध गर्ने गरेको बताए । शिक्षा, भूमि, उर्जामा आत्मनिर्भर बनिरहेको बताउदै समृद्धिका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने बताए । आर्थिक बृद्धि भईरहेको बताउदै उनले उद्योगी व्यवसायीको हकहितका वर्तमान सरकार भएको बताए । महाकाली, कर्णाली कोरिडोरको काम अघि बढाउने बताउदै मन्त्री बाँस्कोटाले पञ्चेश्वरलाई समेत गति लिने बताए । सुदूरपश्चिममा थुप्रै सम्भावना भएको बताउदै मन्त्री बाँस्कोटाले अपिसैपाल, खप्तड, झोलुङ्गेपुल पर्यटकिय केन्द्र बनाउनुपर्नेमा जोडदिए ।

मन्त्री बाँस्कोटाले माया गर्ने केटाकेहीले झोलुङ्गेपुलमा फोटो खिचे माया बढ्ने प्रचारप्रसार गरे त्यसले समेत पर्यटनमा बृद्धि ल्याएर आर्थिक विकास हुने टिप्स सुनाए । अहिले आर्थिक बृद्धि, निर्यात बढिरहेको र उद्योगी व्यवसायीलाई विभिन्न विषयमा सहुलियत लिईरहेको भन्दै उनले स्वदेशमै रोजगारी सिर्जना हुँदा १९प्रतिशत बैदेशिक रोजगार घटेको बताए । ‘सरकार विकासको गतिमा अघि बढिरहेका बेला केही व्यक्ति पार्टीका नेताहरुको रोईकराई गर्न थालेको, ह्वाईटबडी लगायतका अन्य काण्ड आउँदा कसैको रुवाबासी हुन्छ, ?‘मन्त्री बाँस्कोटाले भने, ‘केहीले स्वष्तानीको पहिलो भाग पढे, दोस्रो भागमा के छ, त्यसको पछि हेरौँला ।’ कार्यक्रममा प्रतिनिधी सभा सदस्य डा.दिपक प्रकास भट्टले कम्युुनिष्ट सरकारले ल्याएका योजना विकासमा काँग्रेस लगायतका केही व्यक्तिहरुले आफुले ल्याएको आफ्नो सरकारका पालामा ल्याएको भनेर अनेकन तिकडम मच्चाईरहेको कटाक्ष गरे । उनले नेकपा सरकारले अघि सारेको सुख्खा बन्दरगाहको हिजेको दिनमा बिरोध गर्ने व्यक्तिले जब कम्युनिष्ट सरकारकै पालामा बन्ने देखेपछि हस्ताक्षर अभियान संकलनका जुटेको टिप्पणी गरेका छन् । डा भट्टले जो व्यक्ति चार चार पटक प्रधानमन्त्री भए लामो समयसम्म संसद भए, मन्त्री प्रधानमन्त्री हुँदा पनि यस क्षेत्रको विकासको माखो मान्न नसक्नेहरु आज सरकारले गर्ने विकासमा अवरोध गर्ने, जब योजनाले गतिलिएपछि आफ्नो सरकारको पालामा भएको भनेर अनेकन अफवाह फैलाउने प्रवृति हावी भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *