अटो चालकद्धारा युवती बलात्कृत

पुर्नवास,

महेन्द्रनगर माईती घरदेखि घर फर्किरहेकी कञ्चनपुर पुर्नवासकी एक युवती आटो चालकद्धारा बलात्कृत भएकी छिन् ।

पुर्नवास घर भएकी १८ बर्षिया युवतीमाथी अटो चालकले डोकेबजार देखि पुर्नवास घर आउने क्रममा विच जंगलमा बलात्कार गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिहले आफ्नै महिला यात्रु माथी गयराती साढे ९ बजेतिर अटो चालक भरत सिह महराले बलात्कार गरेको आरोप महिलाले लागाएको बताए ।

डोकेबजार देखि घरसम्म पु¥याईदिन्छु भन्दै महराले आफ्नै अटो सुप प्रदेश ०१००१ ह ३१३१ नम्बरको अटोमा ल्याएका थिए । पुर्नवास नगरपालिका ७ घर भएका ३१ बर्षिय महराले जंगलमा रोकी महिला माथी जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले आरोपीलाई राती नै पक्राउ गरेको थियो ।

पीडित युवतीका घर परिवारले महरा बिरुद्ध उजुरी दिएपछि प्रहरीले जबरजस्ती करण उद्योग अन्र्तरगत मुद्दा चलाएको छ ।
ईप्रका त्रिभुवनबस्तीका प्रहरी निरीक्षक सिहले पीडित पक्षले दिएको जाहेरी र पीडित पक्षको बयानका आधारमा मुद्दा दायर गरेको जनाए ।

महरालाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगर पठाएको छ भने, पिडित युवती आफन्तका जिम्मा लगाएको छ । अटोवालाहरुले यसरी माईतीघरदेखि घर फर्किरहेकी एक्कली युवतीमाथी रातीको मौकाछोपी जंगलमा बलात्कार गरेको घटनालाई अधिकारकर्मीले निन्दनीय भएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *