अपांगता भएका व्यक्तिलाई ह्वीलचियर

एक पाइला ग्रुप महेन्द्रनगरले अपांगता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरेको छ । एक पाइला ग्रुपले शुक्लाफाँटा नगरपालिका–१ बन्साहका लक्ष्मणदत्त अवस्थीलाई ह्वीलचियर वितरण गरेको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर अपांगता भएका व्यक्ति अवस्थीलाई ह्वीलचियर सहयोग गरेको ग्रुपका अध्यक्ष भुपी उपाध्यायले बताए ।

‘ग्रुपमा रहेका युवाहरुको सहकार्यमा ह्वीलचियर खरिद गरेर सहयोग गरेका हौं,’ उनले भने, ‘अगामी दिनमा पनि ग्रुपले यस्तै सामाजिक कार्य गर्ने छ ।’ युवाहरुले आफ्नो कामसँगै समाज सेवामा पनि लाग्नुपर्ने उनी बताउँछन् । ‘युवाहरुले आफ्नो व्यावसायीक कामसँगै सामाजिक कार्य पनि गुर्नपर्छ,’ उनले भने, ‘समाज सेवा गर्न चाहने युवाहरुलाई ग्रुपमा जोड्दै काम गर्ने छौं ।’ एक पाइला ग्रुप स्थापना भएदेखि सामाजिक कार्य गर्दै आएको उनको भनाई छ । एक पाइला ग्रुपले बृद्धा आश्रम, अनाथालयमा सहयोग गर्नुका साथै सरसफाईका कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्