दोस्रो चरणका खेलमा एम्बिसन र त्रीसुली बिजय

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा आयोजना भैरहेको प्रथम स्थानीय स्तरको खुल्ला फुटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो दिनका खेलमा एम्बिसन युवा क्लब र त्रीशुली क्लबले जित निकालेको छ।

बिहिवार भएको पहिलो खेल एस डिजे र एम्बिसन युवा क्लब बिच भएको खेलमा एम्बिसन संग २-० गोल एस डिजे पराजित भएको थियो । भने दोस्रो खेल त्रीशुली युवा समाज र खैरिघाट ब्याज बिच रोमाञ्चक खेल १-१ गोलको बराबरी भएको थियो । खेल पेनाल्टी सुट आउटमा ४-१ गोलले त्रीशुली बिजय भएको खेल संयोजक सचिन कठायतले बताएका छन।

उनका अनुसार भोलि शुक्रबार तीन खेलहुने क्रमश सिहपाल युवा क्लब र दिपज्योती क्लब बिच बिहान ९ बजे , एम्बिसन युवा क्लब बैबाहा र साउथ पोइन्ट शिवनगर बिचको रोमाञ्चक खेल दिउँसो १ बजे र भोलिको अन्तिम खेल एनबी कम्प्युटर र जे एम फाइब झिलमिला बिच प्रतिस्पर्धात्मक हुने छन्”। बेल्डाँडी क्षेत्रमा रहेका उदाउँदा खेलाडिहरु लाई मध्यनजर गरि पहिलो चोटि युएसबि युवा क्लब बेल्डाँडी गा.पा.२ को आयोजनामा प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष बेद प्रकाश ओझा ले बताएका छन।

प्रतियोगिता नकाउट विधिबाट खेलाइएको २० टिमको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन वा विजेता हुने टिमले नगद २५ हजार धनराशि र उपविजेताले १५ हजार प्रमाणपत्र ,ट्रफी मेडल हात पर्ने खेलसंयोजक कठायतले जानकारी गराएका छन। प्रतियोगिता १२ गते उद्धघाटन भएको थियो भने असोज २० गते फाइनल संगै समापन गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *