अलस्टारद्धारा सभामुखलाई ज्ञापनपत्र

बेलडाँडी,

जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.१ मा रहेको अलस्टार युवा क्लवले खेलमैदानको माग गर्दै आज सुदूरपश्चिम प्रदेश सभामुख अर्जुन बहादुर थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

बेलडाँडी गाउँपालिका भरी खेल मैदान नभएको भन्दै खेलमैदान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संग जोडीएको खेलमैदान निकुञ्ज कार्यालयबाट उपलब्ध गराइदिन माग राख्दै ज्ञापन पत्र बुझाएको अलस्टार युवा क्लवका अध्यक्ष चेत बहादुर शाहले जानकारी गराउनु भयो । उहाँका अनुसार आफुहरुलाई खेलमैदान नभएकाले आरक्ष संग जोडिएको नहरको पारीपट्टीवाला खाली मैदान १० बर्ष भन्दा पहिले देखि प्रयोग गर्दै आएको र यो खेलमैदान क्लवलाई उपलब्ध गराईदिनु पर्ने माग गरेको बताए । यहाँबाट ठुला खेलाडी बन्ने सम्भावना रहेको तर खेलमैदान अभावका कारण खेलाडी जन्मन नसकेको दुखेसो पोख्नु भयो ।

सभामुख थापाले भने आफ्नो हातबाट हुने पहल गर्ने जानकारी गराउनु भयो । आफुले चाहेर नहुने प्रकृयाका लागि आफुले पहल गर्ने आसवासन दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *