अलस्टार क्लबलाई सहयोग

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अल स्टार युवा क्लबलाई कोरियाबाट रकम सहयोग आएको छ ।

सुदूरपश्चिम कोरिया समाजका पुर्व अध्यक्ष एवम् एन आर एन ए कोरियाका सदस्य धर्मराज जोशीले क्लबलाई सहयोग गरेका हो । क्लबले गौराको अवसरमा आयोजना गरेको खुला फुटबल प्रतियोगिताको लागि उत्ताबाट १० हजार सहयोग रकम पठाएका थिए ।

बेलडाँडीका युवा समाजसेवी उद्यमी मीन बहादुर शाहले अल स्टार युवा क्लबका सचिव लोक बहादुर बलायर लाई एक कार्यक्रममा विच हस्तान्तरण गरे । बेलडाँडीका स्थानीय समेत रहेका जोशीले यस अघि पनि बेलडाँडी क्षेत्रको विकासका लागि सहयोग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *