भुर्षाका ३ शिक्षकद्धारा आयोग पास

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको श्री गणेश माध्यमिक विद्यालयमाका ३ जना शिक्षकले शिक्षक सेवा आयोग बाट पास भएका छन् ।

गणेश मा.वि. भुर्षामा अध्यापन गराउने शिक्षकहरु क्र.स. पुष्कर सिह महरा मा.वि.तह, लोकेन्द्र बहादुर थापा नि.मा.वि. तह र राजेन्द्र प्रसाद भट्ट प्रा.वि. तहमा नाम निकाल्न सफल भएका छन् ।

नाम निकाल्ने सबै शिक्षकहरुलाई आज विद्यालयले एक कार्यक्रमका विच हार्दिक बधाई दिएको उक्त विद्यालयका शिक्षक बम बहादुर बुढाले जानकारी गराउनु भयो । उहाँले भन्नु भयो हाम्रा विद्यालयका शिक्षकहरुले शिक्षक सेवा आयोग बाट ३,३ जनाले नाम निकाल्नु भनेको विद्यालयले ह्याट्रिक गर्नु सरहभएको बताए ।

पासहुने शिक्षकले भने हामीलाई विभागले दिएको जिम्मेवारी इमानदारीताका साथ पुरागर्ने बताए । यस्तै बेलडाँडी क्षेत्रका धेरै शिक्षक पास भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *