कञ्चनपुर,
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले आज प्रथम पञ्चवर्षीय आवधिक योजना आ.व. २०७६/०७७—२०८०/०८१ सार्वजनिकीकरण समारोह कार्यक्रम सम्पन्न गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभामुख अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ५ बर्षमा के के गर्ने विषयका बारेमा छलफल भई आवधिक योजना सार्वजनिकीकरण कार्यक्रमको उदेश्य लगायतका विषयमा स्पष्ट पारेको थियो । कार्यक्रमको योजना तर्जुमाका आधार, आवधिक योजनाका विशेषताहरु, आवधिक योजना तर्जुमाका उदेश्य, योजनाका क्षेत्रहरु, योजना तर्जुमा प्रकृया, बेलडाँडी गाउँपालिका विकासका मार्ग निर्देशक सिद्धान्तहरु, बेलडाँडी गाउँपालिकाको दूरदृष्टि र लक्ष्य, बेलडाँडी गाउँपालिका विकास प्राथामिकताका क्षेत्रहरु, बेलडाँडी गाउँपालिका र दिगो विकास लक्ष्यको स्थानीयकरण, पाच बर्षको आय व्यय लगायतका विषयमाहरु सार्वजनिकीकरण गरिएको थियो ।

बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, सुदूरपश्चिम प्रदेशका सभामुख, प्रदेश सदस्य, राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न संस्थाका प्रतिनिधीहरु, लालझाडी गाउँपलिकाका प्रमुख उप प्रमुख, पुर्नवास नगरपालिकाका उप प्रमुख, बेदकोट नगरपालिकाका प्रमुख, कर्मचारी लागायत बेलडाँडी बासीकोको सहभागिता रहेको थियो । अतिथीहरुले आवधिक योजना शुरुगरेको शुभकानाका साथै योजना निर्माणमा सुझाव दिएका थिए ।

के तपाईंलाई थाहा छ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.