बेलडाँडीमा पहिलो पटक विश्व आत्महत्या रोकथाम दिवस

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा आज पहिलो पटक विश्व आत्महत्या रोकथाम दिवस मनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बेलडाँडी गाउँपालिकाले पनि आत्महत्यालाई शुन्यमा पुर्याउन कसरी सकिन्छ भन्ने वारे अन्तरकृया गरेको बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी गराउनु भयो ।

अन्तरकृयामा आत्महत्या भएका विभिन्न कुरा उठेका थिए । भने यसलाई जनचेताको हिवासले न्युनिकरण गर्नेमा सबैको जोड रहेको थियो । बेलडाँडी गाउँपालिकाले यसलाई न्युन गर्नेमा गाउँपालिका तयार रहेको अध्यक्ष धन बहादुर थापा र उपाध्यक्ष कमला कार्कीले एकै जवाफ दिनु भयो ।

वडाअध्यक्षहरुको तर्फबाट बेलडाँडी १ का वडा अध्यक्ष अम्मर बहादुर खत्रीले भने समस्या छ भने पन्छीने होइन समस्यालाई कुल्चीएकर अगाडी बढ्नुपर्नेमा जोड दिए । यो कार्यक्रमा सबै क्षेत्रका जागरुक भए समस्या त्यही शून्य हुने वहाँको दावी रहेको थियो ।
बेलडाँडी स्वास्थ्य शाखाका प्रमुख डम्वर खत्रीका अनुसार यो रोग नभएको तर रोग भन्दा खतरा भएको बताउदै यसलाई योग, उच्वमनोवल, आत्मविश्वास हुनेखालका कार्यक्रमबाट यो केहि न्युन हुन सक्ने बताउनु भयो । यो आफैबाट शुरु गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।

बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख दान बहादुर रोकायाले भने गाउँपालिकाको साथ सहयोग भए आफुले प्रत्येक विद्यालयका आत्महत्या न्युन गर्ने कलास दिने बताउनु भयो । यो कुनै रोग नभएको बताउदै, जिन्दगी देखि हरेस खाने मान्छेले यो कार्य गर्ने बताउदै सबैलाई यसबारेमा सचेत गराउनु पर्ने बताए ।


आजभोलि आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेको छ । मानिसले किन गर्छ आत्महत्या यो खोजको विषय बनेको छ । मनोविज्ञहरूको भनाइअनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन् । किन बढ्दै छ आत्महत्या ? विद्यायलमा पढने नौ वर्षीया बालिकादेखि युवायुवती, वयस्क र वृद्धहरूले समेत आत्महत्या गरेको तथ्यहरू फेला परेको छ ।

आत्महत्याले विकरालरुप लिँदै छ आत्महत्या नेपाली समाजका लागि कति धेरै भयावह समस्या बन्दै गएको छ भन्ने कुरा पुष्टि गर्न उपरोक्त तथ्याकं काफी छ । प्रहरीको तथ्यांकअनुसार प्रत्येक वर्षआत्महत्या गर्नेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेकवर्ष ८ लाख मानिसहरू आत्महत्या गर्छन् । विश्वमा मृत्युदर प्रत्येक १ लाखमा १६ जनाले आत्महत्या गर्ने गर्छन् । प्रत्येक ४० सेकेण्डमा एक जनाले आत्महत्या गरेर मर्ने गरेकाछन् । यस्तै बेलडाँडी इलाका प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पनि आ.व. ०७४ देखि ०७६ सम्म आउदा २२ जनाले आत्महत्या गरेको पाईको छ । भने यो बेलडाँडीका लागि भयाभयक अवस्था हो ।

स्वास्थ्य संगठनले जनाएअनुसार, आत्महत्या गर्नेहरू १५ देखि ४९ वर्षम्मको उमेर समूह धेरै छ । त्यसपछि १० देखि २४ वर्षउमेर समूहले आत्महत्या गर्ने गरेका छन् । विश्वमा सबभन्दा बढी आत्महत्या गर्ने देश जापन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *