आरक्ष पिडितका समस्या समाधान गरिने

कञ्चनपुर,
कञ्चनपुरका अरक्षपिडितका समस्या समाधान गर्नका लागि संघिय सरकारका तीन मन्त्री प्रतिबद्धता जाहेर गरेका छन ।

लालझाडी गाउँपालिका वडा नं. ६ चान्देव ढक्का शिविरमा आरक्षपिडित संग भेटघाट गर्दै संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमी मन्त्री पदमा अर्यालयले आरक्षपिडितको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

वि.सं. २०५८ सालमा तत्कालिन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका आरक्षपिडितको बस्तीमा संघीय सरकारका तीन मन्त्री एकै पटक बस्तीमा गएका हुन । तीनै मन्त्रीले भूमी सम्बन्धी नयाँ ऐन कानून आईरहेको सन्र्दभमा आरक्षपिडितको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । कार्यक्रममा संघीय सरकारका तीनै मन्त्री सहित प्रतिनिधी सभा सदस्य नर बहादुर धामी प्रदेश सभा सदस्य त्र्य महेशदत्त जोशी, लाल बहादुर खडका, मान बहादुर सुनार लगायतले पनि आरक्षपिडितको समस्या गम्भीर रहेको बताएका छन् ।

आरक्षपिडित संघर्ष समितिका अध्यक्ष हिरा सिंह भण्डारीले लामो समयदेखि पुर्नस्थापना नभएको मानव भएर दानवीय जीवन बताईरहेको दुखेसो पोखेका थिए । विभिन्न आयोगले २४७३ परिवारलाई प्रमाणित गरेको थियो । यसरी एकै पटक संघिय सरकारका तीन मन्त्री प्रदेशका मन्त्री संघ र प्रदेशका सांसद लगायतको सरकारका उच्च पदस्थ पदाधिकारी आरक्षपिडितको बस्तीमा पुगेपछि पिडित आशावादी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *