अध्यक्षका उमेदवारको गाडीमा अागजनी

दाङ,

दाङको बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित बाम्पन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमे स्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडिमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बा १९ च १७६४ नम्बरको स्कारपिओ गाडिमा राति १२ बजेतिर आगजनी गरेका हुन् ।
आगजनी कसले ग¥यो भन्ने बिषयमा पहिचान हुन सकेको छैन् । आगजनीबाट गाडिको पछाडिको टायरमा क्षति भएको छ । डिजेलको प्रयोग गरेर आगजनी गरेको पाईएको छ । अज्ञात समूहले आगो लगाउँदै गर्दा जलिरहेको टायर देखेपछि थप क्षति हुन पाएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *