आदिवासी जनजातीले संविधान दिवशलाई कालो दिनका रुपमा मन्ने

कञ्चनपुरका आदिवासी जनजातीहरुले संविधान दिवसलाई कालो पर्वका रुपमा मनाउने घोषणा गरेका छन ।

शुक्लाफाँटा नगरपालिका आदिवासी जनजाती नगर समन्वय परिषद्को मंगलवार बसेको बैठकले संविधानमा आदिवासी जनजातीहरुको हक अधिकार सुनिश्चित नभएकाले असोज ३ गते मनाईने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरिएको हो ।
संविधान दिवसमा सहभागी नहुन समेत बैठकले आदिवासी जनजातीहरुलाई आव्हान गरेको परिषद्का अध्यक्ष रतनलाल रानाले बताउनु भयो । यसैविच, नेकपा क्रान्तिकारीले समेत संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने जनाएको छ ।

सिमित अधिकार र सिमित व्यक्तिहरुको संलग्नतामा संविधान बनाईएकाले यसमा जनताको सहभागिता नरहेकाले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने पार्टीको निर्णय रहेको सो पार्टीका जिल्ला सचिवालय सदस्य राम बहादुर महराले बताउनु भयो । जारी संविधान २०४७ सालकै संविधानको निरन्तरता मात्रै भएको उहाँको भनाई रहेको छ । त्यसैले यो संविधानले सबैलाई समेट्न नसक्ने बताउदै कालो दिन वा कालो पर्वको रुपमा मनाउने घोषण गर्दै हिडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *