बेलौरीमा आदिवासी दिवस

कञ्चनपुर,

कञ्चनपुरको बेलौरीमा विश्व आदिवासी दिवस मनाईएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरले यस बर्ष दक्षिणी क्षेत्रको बेलौरीमा २५औँ विश्व आदिवासी जनजाति दिवस मनाएको हो । दिवस कार्यक्रममा सरोकारवाला एव आदिवासी नेताहरुले परिर्वतनमा आदिवासी समुदायको भूमिका रहेको चित्रण गरेका छन् । आदिवासी समुदायका अगुवा एव नेपाल मगर संघ सुप प्रदेशका बरिष्ठ उपाध्यक्ष कृर्ति बहादुर थापा(मगर)ले आदिवासी समुदायलाई प्रदान भएका मौलिक हक अधिकार कटौती गर्दै गएका चिन्ता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुप प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकास बहादुर रावलले आदिवासी समुदायको अधिकार, धर्म संस्कृति संरक्षणका लागि प्रदेश सरकार तयार रहेको बताए । पुर्व संविधान सभा सदस्य कृपाराम रानाले नेपालका महत्वपुर्ण घटनामा आदिवासी समुदायको भूमिका रहेको बताउदै, परिर्वतनमा आदिवासी समुदायले संघर्ष गरेको बताए । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले आदिवासी समुदायको अधिकारका लागि तीनै सरकार(स्थानीय, प्रदेश र संघीय)ले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाहमा जोडदिए ।

थारु कार्यकारणी सभा कञ्चनपुरका अध्यक्ष मेवाराम चौधरीले राज्य र आदिवासी समुदाय दुवै जिम्मेबार हुनुपर्ने सुझाव दिए । थारु बुद्धिजिवी बल बहादुर डगौरा, आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य बीर बहादुर बुढाथोकी, नेकपा नेता अमर चौधरीले आदिवासी समुदायको सम्बैधानिक अधिकार कार्यान्वयनमा सुझाव दिएका छन् । आदिवासी जनजाति समुदायको ऐतिहासिक कला, संस्कृतिको जोर्गोनामा जोड समेत दिईएको छ । आ–आफ्नो पहिरनमा आएका विभिन्न आदिवासी समुदायले ¥यालीका साथै नृत्य, कला प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी समुदायको अधिकारका लागि भूमिका निर्वाह गरेको भन्दै थारु बुद्धिजिवी बल बहादुर डगौरा, किर्ति बहादुर थापा मगर, बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्रा चौधरी, पुर्व संविधान सभा सदस्य कृपाराम राना, बङसमनी गुरुङ्ग, ओम बहादुर राना मगर, नन्द कुमारी रानालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमबती रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शुनिता चौधरीले गरेकी थिईन् । नेकपा नेता नन्दलाल चटौत, राजपा नेपाल पल्टु राना, काँग्रेस नेता हेमराज राना लगायत विभिन्न संघ संस्थाका अगुवा, बुद्धिजिवी, जिल्लाभरीका आदिवासी समुदायले बेलौरीमा उल्लासका साथ दिवस मनाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *