अनेरास्ववियुद्वारा ४५ प्रतिशत छुट नगर्ने यातायात व्यवसायी बिरुद्ध सघर्षको चेतावनी

सत्तापक्षीय विद्यार्थी संगठनले सरकारले सार्वजनिक यातायात क्षेत्रमा दिएको विद्यार्थी सहुलियत भाडा ४५ प्रतिशत छुट नगर्ने यातायात व्यवसायी बिरुद्ध संघर्ष गर्ने जनाएको छ ।

नेकपा निकट अनेरास्ववियु कञ्चनपुरका नेता कैशाचन्द्र गिरीले दशैँतिहारकै मुखमा केही यातायात व्यवसायीले विद्यार्थी सहुलियत नदिएकाले त्यस बिरुद्ध अनेरास्ववियुले संघर्ष गर्ने बताए ।

नेता गिरीका अनुसार अनेरास्ववियुका नेताहरुले यातायातमा विद्यार्थी सहुलियत छुटको विषयमा प्रेस विज्ञप्ती जारी गरिएको बताए ।

अनेरास्ववियु कञ्चनपुरका नेताद्वय बिरेन्द्र राज विष्ट र ओम बस्नेतद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा कञ्चनपुरबाट संचालित कुनैपनि यातायातमा विद्यार्थीले पाउनुपर्ने सहुलियत नपाएकाले संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

दशैँ–तिहारका समयमा विद्यार्थीले बेहोर्नु परेको सास्तीलाई मध्यनजर गर्दै यातायात छुट दिन आग्रह गरिएको छ । यथाघिश्र आजकै मितिबाट सरकारको निर्णयलाई अक्षरस कार्यान्वयन गर्न समेत माग गरिएको छ ।

छुट नदिए संगठन आन्दोलनमा जान बाध्य हुने चेतावनी दिईएको छ । अनेरास्ववियुले यस बारेमा सुक्ष्म अध्ययन गर्दै छुट नदिनेलाई कानुनी कार्बाहीका लागि पहल थालिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *